कलैया – नेपाल कम्युनिष्ट पार्टीले गरिव असाहयहरुलाई कम्वल वितरण गरेको छ । कलैया उपमहानगरपालिका वडा नम्वर ३ भवानीपुरमा सोमवार एक कार्यक्रमको आयोजना गरि कम्वल वितरण गरिएको हो । नेपाल कम्युनिस्ट पार्टी बाराका इन्चार्ज बलबिर चौधरीको प्रमुख अतिथिमा भएके कार्यक्रममा ५० जना गरिव असाहय परिवारलाई कम्वल वितरण गरिएको थियो ।

 

 

 

 

 

 

कम्वल वितरण गर्दै इन्चार्ज चौधरीले एउटा कम्वलले जिवन यापन गर्न नसक्दा पनि केहि हद सम्म पनि जाडोलाई कम गर्न सकिने भएर वितरण गरिएको बताए ।

 

 

 

 

 

 

 

त्यस्तै वितरण कार्यक्रमका विशिष्ट अतिथि सहईन्चार्ज ज्वाला साहले नेपाल कम्युनिष्ट पार्टी गरिव, निमुखा जनताको पार्टी रहेको बताएकी छिन । अव गरिव जनता जाडो भोकमरीले नमर्ने समेत बताईन । त्यसै अनुरुप जाडो महिनामा गरिव असाहय परिवारको पहिचान गरि कम्वल वितरण गरिएको बताईन ।

 

 

 

 

 

 

 

 

कार्यक्रममा युवा नेता मेयरका पुर्व प्रत्यासी मुकेश साहले गरिवलाई एक छाक टार्न धौ धौ परेको अवस्थामा चिसो मौसम न्यानो कपडाबाट कठयाग्रिएर जिवन यापन गर्ने परिवारको पहिचान गरि कम्वल वितरण गरिएको बताए ।

 

 

 

 

 

 

 

अमृत शर्मा बजगाइ ,रबिन श्रेष्ठ ,धुरी साह, जवाहिर अंसारी, भदै राम, पुरुषोतम साह, रतन साह, रामअश्रे साह, राजम्हम्द मंसुर, इस्लाम मियां, संमसुदिन मिया, जादोलाल साह, राजेश साह, मोस्तकिम अंसारी, ललु मंसुर, राजेश्वर कुशवाहा, भिकारी साह, रमोद यादव, बिनोद गुप्ता, अजित कर्ण, किशोरी राउत, ब्रहम्देव कुशवाहा, मैशुदिन मिया, दुखा मिया लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन युवा नेता समाजसेवी रमेश साहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here