वीरगञ्ज,आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई लक्षित गर्दै नेपालमा नक्कली नेपाली तथा भारतीय रुपैयाँ भित्र्याउने योजनामा रहेको अन्तरदेशीय गिरोह भारतमा पक्राउ परेको छ ।

रतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण प्रहरी र विशेष कार्यदल (एसटिएफ) को संयुक्त कारबाहीमा सीतामढी जिल्लाको मेजरगञ्ज क्षेत्रमा सञ्चालनमा रहेको नक्कली नोट छाप्ने आधुनिक कारखाना फेला परेपछि ध्वस्त पारिएको भारतीय प्रहरीले जनाएको छ ।छापामारीका क्रममा प्रहरीले २५ लाख रुपैयाँ बराबरका नक्कली नेपाली नोट, १ हजार ८ सय ५० रुपैयाँ बराबरका नक्कली भारतीय नोट, नक्कली नोट छाप्न प्रयोग गरिने हाइटेक प्रिन्टिङ मेसिन, विशेष कागज, रसायन तथा अन्य सामग्री बरामद गरेको छ । प्रहरीले नक्कली नोट छाप्ने घटनामा संलग्न ३ जना नेपाली सहित १० जनालाई पक्राउ गरेको जनाएको भएपनि उनीहरुको पहिचान भने खुलाइएको छैन । सो कार्यमा संलग्न थप व्यक्तिहरू पहिचान हुँन बाँकी रहेकोले पक्राउ परेका मानिसहरुको पहिचान सार्वजनिक नगरिएको भारतीय सुरक्षा स्रोतले जनाएको छ ।

त्यस्तै नक्कली नोट ओसारपसारमा प्रयोग हुने तीन वटा मोटरसाइकल र एउटा कारसमेत बरामद गरिएको प्रहरीले दाबी गरेको छ ।प्रारम्भिक अनुसन्धानअनुसार गिरोहले खुला सीमाको फाइदा उठाउँदै सीमावर्ती नाकाहरू प्रयोग गरी नक्कली नोट नेपाल भित्र्याउने योजना बनाएको खुलेको छ ।

Leave a Reply