आरके चौधरी

सखुवाप्रसौनी,पर्साको सखुवाप्रसौनी गाउँपालिकाले वडा नम्बर ४ देउरबानाको करबोला सडक कालोपत्रे गर्ने भएको छ ।

वर्षौंदेखि जीर्ण अवस्थामा रहेको उक्त सडक खण्ड नवनिर्वाचित गाउँपालिका अध्यक्ष यसवन्त यादवले निर्माण गर्न लगाउनु भएको हो । सडक कालोपत्रेको गाउँपालिका अध्यक्ष यादव र उपाध्यक्ष शर्मिला बिष्टले बुधवार संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ ।

९८ लाख ३७ हजार रुपैयाँ भ्याट सहितको लागतमा निर्माण हुन लागेको सडकको ऊँ साईं निर्माण सेवा बहुअरी पिडरी कन्ट्रक्सनले ठेक्का पाएको छ । जेठ ५ गते सम्झौता गरेर निर्माणको कार्य असार १५ गतेसम्म सम्पन्न गर्ने गरी ठेक्का भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजेन्द्र चौधरीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here