हेटौंडा – ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशभरिबाट उत्कृष्ट काम गर्ने एक जना प्रहरीको नाम घोषणा गरेको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशभित्रका उत्कृष्ट काम गर्नेमा मकवानपुरको हेटौंडामा कार्यरत प्रहरी निरीक्षक देवराज काफ्लेको नाम घोषणा गरेको हो प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतद्वारा जारी पत्रमा उत्कृष्ट कार्य बापत उत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ ।
काफ्ले मकवानपुरको पुर्व क्षेत्रमा भएको स्काभेटर आगजानीमा तथा चन्दा संकलमसा संलग्न व्यक्तिलाई पक्राउ गर्नु सफल भएको साथै लागूऔषध कारोबार र ओसारपसार नियन्त्रणमा उत्कृष्ट कामगरी आम जन्ताको गुनासोलाई प्रभावकारी ढङ्गबाट समाधान गर्न सफल भएका थिए ।