बरामद भएको लागु औषध ।

बारा –  प्रहरीले विहिबार ठुलो परिमाणमा डाईजिपाम,नुर्फिन र फेनारगन नाममा लागु औषध ईन्जेक्सन बरामद गरेको छ । जिल्लाको बिश्रामपुर गाउँपालिका ३ स्थित दशगजा नजिकैबाट नेपाल तर्फ ल्याउँदै गरेको गरी ३००० पिस (२० पोका) लागु औषध बरामद गरेको हो । उक्त लागु औषध दुईजना महिलाले भारतबाट नेपाल तर्फ ल्याएको हुन् ।

 

 

 

 

 

प्लाष्टिकको झोला ल्याउँदै गर्दा प्रहरी चौकी मुसहर्वा खटिएका प्रहरीलाई देख्नासाथ महिलाहरुले दशगजा क्षेत्रमा छोला फालि भारत तर्फ भागेका थिए । डियुटीमा खटिएको प्रहरी टोलीले उक्त झोला नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध फेला परेको हो । पेपरमा बेरी टेप लगाई पोका बनाएर लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको लागु औषध फेला पारेको प्रहरीले जनाएको छ । घटनामा संलग्न महिलाहरुको खोजतलाश जारी रहेको बारा प्रहरी प्रमुख उपरिक्षक विकासराज खनालले बताए ।

Leave a Reply