बरियारपुर,महागढीमाई फाउण्डेशन नेपाले एक जना मुटु रोग र मृगौला पिडितको उपचारमा आर्थिक सहयोग गरेको छ ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ निवासी ७१ वर्षीय रामएकवाल चौरसियाको उपचारमा सहयोग पुर्याउने अभिप्रायले फाउडेशनका पदाधिकारी र मलेशियाको एफ एण्ड बि न्युट्रेशन कम्पनीमा कार्यरत नेपाली युवाहरुको पहलमा ४० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो ।
फाउण्डेशनका बिदेश विभाग प्रमुख शिवजी यादव, बिदेश विभाग सचिव शम्भुप्रसाद कुशवाहा, सिकेन्द्र जैसवाल, राजिव गुप्ता, श्याम बाबु चौरसिया, सुरेन्द्र यादव लगायत लगायतका युवाहरुको सहयोगबाट संकलित ४० हजार रुपैयाँ र २ बोरा चामल सहयोग हस्तान्तरण गरिएको हो ।
महागढीमाई नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बिरेन्द्रप्रसाद चौरसिया, वडा नम्बर ६ का सचिव महेन्द्रप्रसाद चौरसिया, नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत मनोज चौरासिया लगायतको उपस्थितीमा सहयोग हस्तान्तरण गरिएको फाउण्डेसनका संरक्षक सुनिलप्रसाद कुशवाहाले जानकारी दिनुभयो ।