सिकिन्द्र साह
सिम्रौनगढ, २६ मंसिर । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ सतुवाहि टोलमा सनातन धर्म रक्षा मञ्चद्वारा बृहत अध्यात्मिक सम्मेलन विहिबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै ओमप्रकास ठाकुरले सिम्रौनगढ नगरपालिका प्राचिन काल देखि नै धार्मिक स्थल रहेको कोहि कसैबाट नलुकेको जनकारी दिए । बिगत लामो समय पछि देशमा जनप्रतिनिधि चयन भएकोले यहाँको पर्यटकिय स्थलहरुलाई यहाँको जनप्रतिनिधीले संरक्षण गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
साथै जिर्ण अवस्थामा रहेका कला , मन्दिरलाई जनप्रतिनिधीहरुले नै निर्माण गर्न तर्फ लाग्न आग्रह गरेका थिए । सिम्रौनगढ स्थित रहेको कंकाली मन्दिरबाट करिब दुई किलोमिटर पश्चिममा रहेको रानिवास मन्दिरको प्राङ्गणमा अध्यात्मिक सम्मेलन भएका छन् । सिम्रौनगढ क्षेत्रले समग्र जिल्लाको पहिचान बनेकाले सजिलै पर्यटक भियाउन सकिने दावी गरे ।
सनातन धर्म रक्षा मञ्च तथा अध्यात्मिक, गृहस्थ किसानको सहयोगमा भारतको उतर प्रदेश लखिमपुर खिरिबाट अन्तराष्ट्रिय सन्त असङ देव महराजद्वारा चैत्रमा रामनवमि भान्दा दुई दिन पहिला आएर हिन्दु संस्कृत तथा मानवीय जीवन सम्बन्धि प्रवचन दिने योजना रहेको कार्यक्रममा जानकारी दिए । साथै सो बेलासम्म करिब पचास हजार पर्यटक देश बिदेशबाट आउने अनुमान रहेकोले बारा जिल्लाको सम्पुर्ण स्थानीय निकायमा रहेको जनप्रतिनिधि तथा गैर सरकारि संस्थाको ध्यानाकर्षण हुनु तथा यो कार्यक्रमलाई सफल बनाइ दिनु हुनको लागि आग्रह समेत गरेका थिए ।
कार्यक्रममा पचरौता नगरपालिका, आदर्श कोतवाल गाउँपालिका, सिम्रौनगढ नगरपालिका तथा भारत राज्य बिहार प्रान्तको करिब दुई सय जनाको सहभागिता रहेको थियो । हरिन्द्र ब्यास, बैकुण्ठ साहेब, स्थानिय शिक्षक तथा भद्र भलादमिको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।