कृष्ण मोहन साह

सेढवा –  पर्साको ठोरी गाउँपालिकामा आज नेवारहरुको नेपाल सम्बत ११४० को योमरी पुजाको उपलक्ष्यमा सुवर्ण नेवा खल सुवर्णपुरद्वारा आयोजित रक्तदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत आज ठोरी गाउपालिका वार्ड नम्बर ५ सुवर्णपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ कार्यक्रममा एक महिला सहित ४७ जनाले रक्तदान गरेका छन ।

 

 

रक्तदान गर्नेहरुमा शान्ति बोम्जन अमृत श्रेष्ठ , उदय श्रेष्ठ , चन्द्रबहादुर नेवार , गोपाल श्रेष्ठ ,कुल बहादुर श्रेष्ठ ,जीवन खडका , बलराम कर्मोचा , सागर मल्ल ,जायज खड्का ,दिलु रुम्बा लगाएत का रहेका छन साथै उक्त कार्यक्रम मा दस जना जेष्ठनागरिक हरुलाइ सम्मान गर्नु को साथै नगद एक हजार सहित फलफूल समेत बितरण गरिएको छ । सम्मानित हुनेहरुमा बन्दना कुमारी बुढाथोकी , कृष्ण माया तिवारी , भक्तमाय श्रेष्ठ ,गङा माया स्याङ्बो र कामी लोप्चन रहेका छन।

 

 

 

सम्मानित जेष्ठ नागरिक हरुलाइ सयपत्री बचत तथा रिण सहकारी सस्थाले पाच पाच सय ग्राम को होर्लिक्स समेत वितरण गरेको छ। कार्यक्रम ठोरी नेवा खल का अध्यक्ष रामबाहादुर श्रेष्ठ को प्रमुख आतिथ्य तथा सुवर्ण नेवा खल का अध्यक्ष अमृत बहादुर श्रेष्ठ को सभापतित्व मा समपन्न कार्यक्रम मा नेपाली सेना का मेजर जीवन खड्का ,सयपत्री बचत तथा रिन सहकारी संस्था का अध्यक्ष सन्तोष श्रेष्ठ , सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्ण पुर का सशस्त्र प्रहरी निरीक्षक सागर मल्ल , सुन लामा , सुनाखरी मध्यवर्ती होमेस्टे का अध्यक्ष सम्भु पौडेल लगाएत को उपस्थित रहेको सुवर्ण नेवा खल का सचिव जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply