कृपा संवाददाता
वीरगन्ज, १५ मंसिर । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले शौचालय निर्माण सामग्री बितरण गर्नुभएको छ । महानगरलाई पुर्णरुपमा स्वच्छ बनाउने अभियान अन्तर्गत आर्थिक अवस्था कमजोर भएका दलित परिवारहरुलाई नगर प्रमुख सरावगीले शौचालय निर्माण सामग्री बितरण गर्नु भएको हो । बिरगंज महानगरपालिका वार्ड नम्बर २७ अन्तर्गत उदयपुर घुर्मीलाई पुर्णरुपमा दिशामुक्त बनाउने अभियान अन्तर्गत आइतबार उक्त शौचालय सामग्री बितरण गरिएको हो ।

 

 

आर्थिक बिपन्नताका कारण शौचालय बनाउन नसकेका लगभग करिब १०० दलित परिवारलाई नगर प्रमुख सरावगीले नगर स्तरीय बजेटबाट सौचालयका सिट र रिङ्ग वितरण गर्नु भयो छ । उक्त शौचालय सामग्री बितरण कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत, वडा अध्यक्ष प्रदिप यादव ,नगर प्रमुखका राजनीतिक सलाह्कार मुकेश कुमार द्विवेदि, युवा नेता पिन्तु उपाध्याय, आरति यादव ,ज्योति यादव, सुकइ मिया, सजन अग्रवाल, बिद्यार्थी नेता बिकाश मेह्ता, नगरपालीकाका सरसफाई शाखाका अधिकृत सुनिल श्रीबास्तव लयायत घुर्मीका स्थानीय समाज सेवी तथा बुद्धिजिविहरुको उपस्थिति रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here