मनोज शाह
जीतपुर,बाराको सिमरास्थित डिभिजन वन कार्यालयको प्राङ्गणमा वर्षौंअघिदेखि थन्क्याइएको करोडौं मूल्य बराबरको सालको गोलिया, चिरान काठ र विभिन्न सवारीसाधनहरू जीर्ण हुँदै गएका छन।अदालतमा मुद्दा चलिरहेका कारण र डिभिजन वन कार्यालयको प्रशासनिक ढिलासुस्तीले बहुमूल्य सम्पत्तिहरू खुला आकाशमुनि राखिँदै घाम, पानी र शितले नष्ट हुने अवस्थमा पुगेका हुन ।वन सुरक्षाकर्मीहरुले विभिन्न समयमा बरामद गरेको दर्जनौं मोटरसाइकल, ट्याक्टर, ट्रक र साइकललगायतका सवारी साधन तथा वन पैदवारहरू संरक्षणको अभाव र उचित व्यवस्था नहुँदा अलपत्र अवस्थामा पुगेका हुन् । डिभिजन वन कार्यालय सिमराका प्रमुख राजिवकुमार झाले धेरै सामग्रीहरू न्यायिक प्रक्रियामा रहेकाले कारबाही अघि बढाउन ढिलो भएको जानकारी दिनुभयो ।उहाँका अनुसार मुद्दा टुंगिएका तथा कारबाही प्रक्रिया पूरा भएका काठ र सवारीसाधनहरूलाई अब लिलामी प्रक्रियामार्फत व्यवस्थापन गरिने तयारी भइरहेको छ ।

Leave a Reply