मधेशी जनअधिकार फोरमबाट संघीय समाजवादी पार्टी हुँदै समाजवादी पार्टीमा रुपान्तरण भएको र पूर्व माओवादी बावुराम भट्टराई समेत सहभागी भएको पार्र्टीले बेला बेलामा विवादित कुरा गर्ने गर्दछ । उपन्द्र यादव नेतृत्वको संघीय समाजवादी र नयाँ शक्तिबीचको पार्टी एकतापछि समाजवादी पार्टी गठन भएको हो । ऊ अहिले सरकारमा रहेको छ तर उसले सरकारकै बिरोध गरेको पाइन्छ । सरकारमा रहेर पनि सरकारकै आलोचना गर्ने पार्टी यही नै बनेको छ ।
बावुराम भट्टराई पूर्व प्रधानमन्त्री समेत भइसकेका ब्यक्ति हुन् भने उपेन्द्र यदाव धेरै पटक उपप्रधानमन्त्री भएका ब्यक्ति हुन् अहिले पनि उनी यो सरकारको उपप्रधानमन्त्री न्े छन् । सरकारमा बसेर सरकारकै बिरोध गर्नु नैतिकताले दिँदैन । हो,सरकारले गरेको सबै काम राम्रा नहुन सक्छन् तर बिरोध गर्ने शैली फरक हुन्छ । उपप्रधानमन्त्री भएका ब्यत्तिःले बाहिर भन्दा पनि मन्त्रीपरिषदको बैठकमा कुरा उठाउने हो ।
जुन संबिधानबाट चुनाव भयो,यो सरकार बन्यो त्यही संबिधानको बिरोध गर्नुको पनि अर्थ छैन । संबिधान संशोधनको कुरा एउटा बहस हुन सक्छ तर सरकार छाड्ने रबसिरहने भन्ने कुरा मुल एजेण्डा हुन सक्दैन । सरकारमा बस्दा आफ्ना नीतिहरु जनताका पक्षमा लैजाने हो । मधेशबाट उदाएका यादवले सरकारमा जाँदा कति कुरा जनताको पूरा गरे भन्ने. कुराको पनि समीक्षा हुन आवश्यक छ ।त्यसैले सरकारमा बस्ने वा प्रतिपक्षमा बस्ने भन्ने बिषयमा यो पार्टी स्पष्ट हुन आवश्यक छ ।