नेकपा एमाले हालका लागि देशको ठुलो पार्टी हो । देशको महत्वपुर्ण पार्टी भएका नाताले पनि यसको जिम्मेवारी पनि बढी नै छ र उसले केही सुझबुझ पनि देखाएको भन्ने गर्दछ यद्यपि माधव नेपालले अन्य पार्टी बनाएपछि भने एमाले केही कमजोर भएको भनिए पनि चुनावमा यस्तो देखिएन ।एमालेको अध्यक्षमा केपी ओली आएपछि भने पार्टी एक ढिक्का जस्तो देखिएको हो । तर, केपीले नै राष्ट्रपति बनाएको व्यक्ति विद्या भण्डारीबाट भने अहिले ओली डराउन पर्ने अवस्था आएको छ ।
विद्याले राजनीतिमा हात हाल्ने संकेत दिएपछि ओलीलाई तनाब भएको देखिन्छ । देशको सर्वोच्च पदमा पुगेको व्यक्ति फेरि राजनीतिमा आउन खोज्नु कत्तिको जायज हो यसको फरक हिसावले विश्लेषण होला बहस होला तर भोलिका लागि केपीका लागि खतराको घण्टी विद्या नै देखिन्छ ।
एमालेमा बिद्या फेरि आउने कुराले एमालेभित्र मात्र होइन बाहिर पनि माहौल तातेको छ । राजनीति नै फरक हिसावले अगाडि बढने आँकलन पनि गरिएको छ । कुनै पार्टीभन्दा पनि देशका लागि योग्य व्यक्ति अहिलेका लागि आवश्यक छ तर नेताले स्वार्थका कारणले के गर्छन यसै भन्न सकिने अवस्था त छैन तर भण्डारीको सक्रियताले एमालेमा टकराव चैं देखिन्छ ।



















