कोल्हबी,कोल्हबी नगरपालिका वडा.नं ४ मा रहेको साना किसान कृषि सहकारी संस्था लि.सपही ११ औँ साधरण सभा शुक्रवार सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष असतुरनी देवी चौधरीको अध्यक्षतामा भएको सो साधारण सभामा प्रमुख अतिथि मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादव प्रमुख आतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।कार्यक्रममा कोल्हबी नगर उपप्रमुख लक्ष्मीकुमारी चौधरी, वडा नं.१ का वडा अध्यक्ष राजाराम चौधरी, वडा नं.२ का वडा अध्यक्ष गोपालप्रसाद अधिकारी, वडा नं.३ का वडा अध्यक्ष किशुनदयाल चौधरी, ४ का वडा अध्यक्ष विष्णुप्रसाद मैनाली, संस्थाका शाखा प्रबन्धक अरूणकुमार चौधरी, वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष भेषबहादुर ढकाल, विरेन्द्रप्रसाद चौधरी, कोल्हबी नगर उद्योग वाणिज्य संघको अध्यक्ष लक्ष्मी साह कलवार लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply