कृपा संवाददाता
हेटौंडा २७ कार्तिक । हेटौडा उपमहानगरपालिकाले स्थानीय स्तरमानै नागरिकलाई स्वाथ्य सेवा दिने उदेस्यले हेटौंडा १६ हटियामा स्वाथ्यचौकीको स्थापना गरेर सञ्चालनमा ल्याएको छ । आजबाट सञ्चालन गरिएको स्वास्थ्यचौकीको उद्घाटन् गर्दै उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडाका हरेक वडाका नागरिकलाई स्थानीय स्तरमानै स्वास्थ्य सेवा दिने उदेस्यले हटियाको चिसापानीमा स्वास्थ्यचौकीको स्थापना गरिएको वताउनुभयो ।

 

नागरिकको स्वाथ्य पहिलो प्राथमिकता भएकाले नगरका टोलमै स्थानीयलाई स्वास्थ्य सेवा दिनका लागि स्वाथ्यचौकीको स्थापना गरिएको वताउनुभयो । आजबाट चार जना स्वास्थ्यकर्मी सहितको टोलीले हटियामा सेवा दिन सुरु गरेको हो । हेटौंडाका विभीन्न वडामा स्वाथ्यचौकी अभावका कारण कुनै पनि समस्या वेहोर्नु नपरोस भनेर उपमहानगरपालिका यो अभियानमा लागेको मेयर महतले वताउनुभयो ।

 

हेटौंडा- १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव हेटौडाका उपाध्यक्ष राम प्रसाद शर्मा, नगर स्वास्थ्य प्रमुख भोलानाथ चौलागाई, कार्यपालिका सदस्य कृष्ण बहादुर राई, जनप्रिय उच्च मावि प्राविधिक शिक्षालयका अध्यक्ष लोकनाथ चौलागाई लगयतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here