धिरेन्द्र तिवारी

कलैया,कलैया उपमहानगरपालिकाको वडा नम्बर २५ मा नेकपा एमाले पार्टीले घरदैलो कार्यक्रम गरेको छ ।

घरदैलो कार्यक्रममा नेकपा एमाले पार्टीको तर्फबाट बारा क्षेत्र नम्बर ३ ख का प्रदेश सभा सदस्यका उमेदवार महम्द समिरले जानताहरुसङ्ग सुर्य छापमा मतदान गर्न आग्रह गर्नुभएको छ ।

प्रदेश सभा सदस्य पदका उमेदवार महम्द समिरले बारा क्षेत्र नम्बर ३ मा नेकपा एमाले पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उमेदवार पुर्ब कृषि तथा पशुपनक्षी मन्त्री ज्वालाकुमारी साहको चुनाव चिन्ह सुर्य छापमा मतदान गरि बिजय गराउन मतदाताहरुसङ्ग आग्रह गर्नुभयो ।

घरदैलोको क्रममा मतदाताहरुको उत्साह हेरेर प्रदेश सभा सदस्यमा ३ को ख मा र क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा ज्वालाकुमारी साहको जित सुनिश्चित रहेकोे प्रदेश सभा सदस्यका उमेदवार महम्द समिरले बताउनुभएको छ ।

घरदैलो कार्यक्रममा रुसतम अन्सारी नरेश साह प्रमोद साह चान्दन पटेल युवा नेता बिकि साह लगायत वडा नम्बर २५ का मतदाताहरुको उल्लेखनीय सहमागिता रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here