कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले अवैध लागूऔषध नाइट्रोभेट ट्याबलेटसहित तिन जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी महादेवपट्टीबाट प्रहरी सहायक निरीक्षक जितनप्रसाद यादवको नेतृत्वमा रहेको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा जिराभवानी गाउँपालिका वडा नम्बर १ को ओरिया खोलामा ना ३० प ४६९२ नम्बर को मोटरसाइकलमा तीनजना सवार भइ भारतको भङ्गहाबाट आउदै गरेका ठोरी गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष ३१ को पुष्प गुरुङ, सोही स्थान बस्ने वर्ष २५ को अनिल उपाध्याय र वर्ष २० को निरास लामा रहेका छन । उनीहरुको साथबाट प्रहरीले ३०० पिस नाइट्रोभेट ट्याबलेट बरामद गरेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिनुभयो ।
पक्राउ गरिएका तीनै जनालाई आवश्यक कारबाहीको लागि मोटरसाइकल र लागूऔषध ट्याबलेट सहित जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।