आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका ६ सतुवाहीस्थित एउटा माछा पोखरीबाट बुधवार एउटा पेस्तोल बरामद भएको छ ।सतुवाही गाउँ नजिक रहेको एउटा पोखरीमा माछा मार्ने क्रममा स्थानीयले नलकटुवा पेस्तोल फेला पारेका हुन । माछा मार्न पोखरीमा फ्याकेको जालमा हतियार फसेपछि तानेर बाहिर निकालिएको थियो ।बरामद भएको पेस्तोल खियासमेत लागेकोले कुनै कारणले कसैले धेरै पहिले नै पोखरीमा फ्याकेको हुनसक्ने प्रहरीको अनुमान छ ।



















