दुष्यन्त चौधरी
कलैया, २४ कार्तिक । बढ्दो शहरीकरणका कारण दिनहु जाम तथा दुर्घटना हुने गरेका छन् । त्रिभूवन राजपथको क्षेत्रमा त दिनहु दुर्घटनाले गर्दा कतिको मृत्यु समेत हुने गरेका छन् । छठ पछि तोडने भनिएको वीरगन्जको मुख्य सडकको बिरुद्धमा परेको रिटको सुनवाई २४ गते आईतवारको लागि तोकिएको भए पनि सुनवाई हुन नसके पछि दोस्रो पटक मिति सरेका बारे व्यपारिक मार्ग विस्तार योजना विरगंज पथलैयाका व्यपारिक मार्ग विस्तार योजना विरगंज पथलैयाका एक अधिकृतले जानकारी दिए । रिट माथीको अर्को सुनवाई मंसिर १० गतेको लागि तोकिएको उनले बताए ।
भारतको सहयोगमा सन १९५६ मा निर्माण भएको त्रिभूवन राजपथ नेपाल सरकारले निर्धारण गरेको राजमार्ग मापदण्डमा पहिलो नम्बरमा पर्छ । त्रिभूवन राजपथ सडक ऐन २०३१ अनुसार मुख्य राजमार्गको मापदण्ड भित्र पर्छ । सडक ऐनले नै सडकको क्षेत्राधिकार तोकेको हुन्छ । ऐनले तोकेको क्षेत्राधिकार अन्र्तगत नै अहिले २५/२५ मिटर फाराकिलो पार्न खोजिएको व्यपारिक मार्ग विस्तार योजना विरगंज पथलैयाका व्यपारिक मार्ग विस्तार योजना विरगंज पथलैयाका एक अधिकृतले सुनाए ।
जुन सुकै हालतमा पनि २५ मिटर सडक हुने उनले बताए । कारण हो , एउटै महानगरका अलग अलग वडामा फरक खालको ब्यवहार हुन्छ भने त्यो कसैका लागि सैह्य हुने कुरा होइन । उनले थपे पर्सेली राजनीतिकर्मी चुकेको यही निर नै हो । परवानीपुर सडक खण्डमा उधोगहरुको क्षेत्र भत्किदा प्रतिक्रिया बिहिन भएका उधोगी र उधोग वाणिज्य संघ बीरगंजको बिस्तारको बाधक किन बन्दैछ भन्ने कुरा पेचिलो बन्दै गएको छ । बीरगंज क्षेत्रमा भन्सार बिन्दू देखी गण्डक सम्म सडक सेन्टरबाट २५/ २५ मिटर सडक फराकिलो पार्ने कार्य कुनै पनि हालतमा कायम हुने व्यपारिक मार्ग विस्तार योजना विरगंज पथलैयाका अधिकृतले जानकारी दिए ।
यता त्रिभूवन राजपथको बीरगंज क्षेत्रमा, भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टरबाट २५/२५ मिटर सडक फराकिलो पार्ने बिषयले बीरगंजमा गम्भिर बहस चलि रहेका छन् । बिरगंज सडक पिडित युवा तथा व्यापारी सघर्ष समितिले आईतवार वीरगन्जमा मोटर साईकल ¥याली तथा कोण सभाको आयोजना गरेको थियो । सयौंको संख्यामा निकालेको मोटर साईकल ¥याली नगर परिक्रममा पश्चात घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।
यता वीरगन्ज निरन्तर एक पक्ष सडक तोडनु पर्ने तथा अर्को पक्ष कम से कम क्षतीमा सडम तोडनु पर्ने भन्दै आन्दोलन, ¥याली तथा विरोधका कार्यक्रमहरु गर्दै आएका छन् । सडक डिभिजन कार्यालयले त्रिभुवन राजमार्ग भित्र पर्ने वीरगन्ज शहरको मुख्य व्यापारिक मार्गको विचबाट दुवै तिर २५/२५ मिटर तोडने सर्त अघि सारेका छ भने वीरगन्जका मेनरोड वासी तथा व्यापारीहरु अब कहिल्यै पनि यो रोड व्यापारिक मार्ग बन्न नसक्ने भन्दै कम से कम क्षती गर्नु पर्ने माग राखी सघर्षका कार्यक्रमहरु गर्दै आएका छन् ।