अनिल तिवारी
सिमरा – पर्साको विरगंज महानगरपालिका ३१ बेलवामा हप्तामा २ दिन हाटबजार लगाउने उद्धेश्य स्वरुप आयोजीत ५ दिने मेला सम्पन्न भएको छ । यस मेला पश्चात बेलवामा प्रत्येक हप्ताको २ दिन बुधवार र शनिवार बजार लाग्ने वडा नम्बर ३१ का वडा अध्यक्ष चुमन प्रसाद गौरोले जानकारी दिनुभएको छ ।
बजार लगाउने उद्धेश्य सहित आयोजीत ५ दिने मेलाको अन्तीम २ दिन नेपाल तथा भारतका चर्चित कुश्ती बाज (पहलवान) हरु को बेजोड प्रस्तुती रहेको थियो । कुस्तिमा सुनिल, नयीम, मोखतार, गौसुदिन, हरिहर थाापा, श्याम, लालजी, गन्नी, कुन्दन, सागर, हरि, महमद, जावेदका साथै दर्जनौ कुश्ती बाज (पहलवान) को प्रस्तुती रहेको थियो ।
मेलामा स्थानिय स्तरको खाने समाग्रीका साथ साथै बच्चाहरुलाई खेल्ने विभिन्न किसिमको पिङ्गको पनि ब्यवस्था रहेको थियो । माघे संक्रान्तिको अवसर पारेर नेपाली कांग्रेसका नेता अनिल रुङ्गटाको प्रमुख आतिथ्यतामा शुरु भएको यस मेलाको समापन नेपाली कांग्रेसका नेता मनोज प्रसाद कुर्मीले गर्नुभएको हो ।
कार्यक्रममा विरगंज महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष चुमन प्रसाद गौरो, पर्सागढि नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सम्सुदिनसाह देवान, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष असलम देवान, सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प सोलखपुरका प्रहरी नायब निरिक्षक कमलेशराज पुरी लगाएतको उपस्थिती रहेको थियो ।