फाइल फाेटाे ।

सिरहा नगरपालिका १७ पटेर्वा गाउँमा सोमबार राती लकडाउन निगरानी गर्दै गस्तीमा खटिएका प्रहरी टोली र स्थानीयबीच झडप भएको छ । त्यसमा ५ प्रहरी र केही स्थानीय घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड हवाइ फायर गरेका छन् । १४ जना स्थानीयलाई नियन्त्रणमा लिएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार सिरहा प्रहरी प्रवक्ता तथा डिएसपी विनोद घिमिरे सहितका टोली लकडाउन उल्लंन भएको-नभएको हेर्दै ड्युटीमा खटिएका थिए । पटेर्वा गाउँमा स्थानीयको भीडभाड हटाउने क्रममा प्रहरीसँग विवाद सुरु भई झडप भएको थियो । अहिले स्थिति समान्य बनेको उनले बताए ।  

 

स्थानीयको ढुगांमुढाबाट प्रहरीको गाडीमा पनि क्षति पुगेको एसपी चतुर्वेदीले जानकारी गराए । घटनाबारे थप छानबिन भइरहेको उनले सुनाए । घाइतेलाई जिल्ला अस्पताल सिरहामा उपचार गरिएको प्रहरीले जनाएको छ । साभार : अन्पूर्ण पाेष्ट 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here