निजगढ,जंगली हात्तीको बथान पसेर बाली खान थालेपछि निजगढ नगरपालिका वडा नम्बर १३ भक्तलाल र बुङ्गजोरका बासिन्दाहरु पीडित बनेका छन ।गाउँ नजिकै दक्षिणतर्फको पर्सा राष्ट्रिय निकुञ्जको जंगलबाट ठूलो समूहमा दिनहुँजसो आउने हात्तीको बथान बस्तिमा पसेर केरा, मकै र धानबाली खाएर नष्ट पार्न थालेपछि यहाँका किसानहरु चिन्तित बनेका हुन ।

बस्तिमा पछिल्लो ५ रातदेखि १५-१६ वटाको संख्यामा आएको हात्तीको बथानले किसानले लगाएको बाली खाएर र खुदेर नष्ट पारेपछि किसानहरुले नोक्सानी बेहोर्नुपरेको वडा नम्बर १३ का वडा अध्यक्ष सूर्यबहादुर घलानले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय दिपक वल, सुनबहादुर थिङ्ग, बालुटी माया स्याङ्गतान, सन्ते घिसिङ्ग, दिपक न्यौपानेलगायत ५ दर्जनभन्दा बढी किसानको २० बिगाहाभन्दा बढी क्षेत्रफलको बाली खाएर किसानको लाखौं मूल्य बराबरको नोक्सानी पु¥याएको छ ।

‘भित्र्याउने बेला भएको मकै र केरासंगै भर्खरै गाँज हालेको धानसमेत खाएर नष्ट पारेको छ, वडा अध्यक्ष घलानले भन्नुभयो, अब वर्षभरि के खाएर बाँच्ने होला भन्ने चिन्ताले किसानलाई सताउन थालेको छ ।’ उहाँले हात्ती नियन्त्रण गरेर किसानको बाली जोगाउन सम्बन्धित निकायमा बारम्बार आग्रह गर्दा कतैबाट पनि चासो नदेखाइएको सुनाउनुभयो ।उहाँले किसानको बाली खाएर नेक्सान पु¥याउने हात्ती नियन्त्रर्ण गर्न डिभिजन वन कार्यालय, पर्सा निकुञ्ज र जिल्ला प्रशासन कार्यालयसंग पटकपटक आग्रह गर्दा पनि कुनै सुन्ुवाइ नभएको दुःखेसो पोख्नुभयो ।

बस्तिमा हात्ती पस्ने क्रम नरोकिएपछि हात्ती धपाउन भनेर रातभरि जाग्राम बस्नु परेको भक्तलाल गाउँका बासिन्दा पवन विकले बताउनुभयो । ‘हात्तीको बथान पसेपछि गाउँलेहरु भेला भएर होहल्ला गर्दै जंगल धपाउछन, उहाँले भन्नुभयो, गाउँले फर्किएर घर पुग्न नपाउँदै फेरि आएर खान्छ ।’ ‘हिजो आज गाउँलेको हात्ती धपाएरै गाउँलेको रात बित्ने गरेको छ ।’ उहाँले भन्नुभयो । केही दिनअघि टाँगियाबस्ति र निजगढ ९ को ठाडोलाइन क्षेत्रमा देखापरेको सोही जंगली हात्तीको बथान हिजोआज रतनपुर क्षेत्रमा पुगेर किसानको बाली खान थालेको हो ।

Leave a Reply