बरियारपुर,प्रहरीले जीपुरसिमरा उपमहानगरपालिका वडा नम्बर.३ रामवनमा अवैध रुपमा संचालनमा रहेका घरेलु मदिरा उत्पादन गर्ने ६ वटा भट्टी मदिरा बनाउन प्रयोग भएको २ हजार लिटर कच्चा पदार्थ पनि नष्ट पारेको छ ।

प्रहरी चौकी जैतापुरबाट खटिएका प्रहरी टोलीले मदिरा बनाउन प्रयोग गरिएको ६ थान प्लास्टिकको ड्रम तोडफोड गरेर नष्ट पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

 

त्यसैगरी प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ डुमरवानामा काठ लोड भएको साइकल नियन्त्रणमा लिएको छ । प्रहरी चौकी डुमरवानाबाट खटिएका गस्ती टोलीले गस्तीको क्रममा राष्ट्रिय वन क्षेत्रबाट साइकलमा लोड गरेर ल्याउदै गरेको २० हजार मूल्य बराबरको .७ क्यिफिटको १ थान सालको गोलिया बरामद गरेको हो ।

प्रहरी टोलीलाई देख्नासाथ काठका तस्करहरु भने फरार बनेको प्रहरीले बताएको छ । सालको गोलिया र साइकल आवश्यक कारबाहीको लागि प्रहरीले नियन्त्रणमा लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here