वीरगञ्ज,पर्सा जिल्लाको पोखरियामा शनीवार साँझ करीब चार बजे आएको तीव्र गतिको हावाहुरीले नगरपालिका अन्तर्गत विभिन्न स्थानमा क्षति पु¥याएको छ । हावाहुरीसँगै आएको तूफानी झोक्काले रुख बिरुवा ढलेका, केही घरहरूको छाना उडेको र भौतिक संरचनामा क्षति पुगेको जानकारी प्राप्त भएको छ ।स्थानीय बासिन्दाका अनुसार, अचानक आएको तीव्र गतिको हावाले करिब आधा घण्टासम्म आतङ्क फैलाएको थियो । सडक किनाराका रुख ढल्दा आवागमन प्रभावित भएको र केही स्थानमा विद्युत आपूर्ति समेत अवरुद्ध भएको जनाइएको छ ।आधिकारिक विवरण आउन बाँकी भए पनि प्रारम्भिक अनुमान अनुसार स्थानीयस्तरमा ठूलो भौतिक क्षति देखिएको छ ।

Leave a Reply