पुष्पराज खतिवडा
मन्हर्वा – वर्तमान नेकपा सरकारले जनतासँग गरेको बाचा पुरा गरेरै छाड्ने संघिय सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् । मंगलबार बाराको निजगढ नगरपालिकाको नवनिर्मित कार्यालय भवन (गणेश भवन) को उद्घाटन पछि आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सरकारले वितेका बर्षहरुमा नयाँ संरचनाको आधार तयार पार्ने काम सम्पन्न गरेको बताए । उनले अबको समय विकास समृद्धिका लागि खर्चिने बताए । नयाँ संविधान जारी भई तीन तहको संरचनासँगै प्रणाली परिवर्तनको कठिनका काम पुरा गरेको दावी गरे ।
सुकुम्बासी समस्याका विषयमा कुरा गदैए मन्त्री पोखरेलले सँधैका लागि सुकुम्बासी समस्या समाधान गर्नका निमित्त भुमि ऐन तयार गरी काम अघि बढेको बताएका छन् । ऐन अनुसार वास्तविक सुकुम्बासीको उचित ब्यवस्थापन गरिने छ । सार्वजनिक सम्पती अतिक्रम गर्ने, कब्जा गर्ने छुट कसैलाई नदिने भन्दै अब्यवस्थीत बसोबासलाई ब्यवस्थीत पार्दै लगिने बताए । तर ब्यवस्थीत पार्ने नाममा कसैलाई विल्लीबाठ पारिदैंन, पारिनेछैन पोखरेलले भने ।
त्यस्तै उपप्रधानमन्त्री पोखरेलले बारामा बन्ने फास्ट ट्र¥याक र दोस्रो अन्तराष्टिय विमान स्थल नेपालकै भाग्य र भविष्यसँग जोडिएको विषय भएकाले पुरा गरेरे छाड्ने बताए । यी राष्ट्रिय गौरवका आयोजनाको काम सुरु भएपनी निर्धारित समयमा सम्पन्न गर्न केही समय अलमल मात्रै भएको तर नबन्ने होकी भन्ने अवस्था नरहेको उनको भनाई थियो । “२०७४ बाट फास्ट ट्र¥याकको ट्¥याक खोल्ने काम सम्पन्न भई करिब ६ किलो मिटर सुरुङ्ग र ८७ वटा पुल निर्माणका लागि ठेक्का प्रकृया अघि बढेको छ । विमान स्थलका सम्बन्धमा परेका मुद््दामा कानुनी प्रकृयाबाटै छिनोफानो गरि काम अघि बढाईने कुरामा ढुक्क रहन बारा बासीलाई मेरा आग्रह छ” मन्त्री पोखरेलले भने ।
उपप्रधानमन्त्री पोखरेलले तीन तहको सरकारका प्राथमिकता र अधिकार क्षेत्रको पहिचान गरेर सम्बन्धित निकायमा पहल गर्दा अपेक्षा पुरा गर्न सहज हुने बताए । सबै किसिमका निकास र विकासको अपेक्षामा केन्द्रकोे मुख ताक्ने कुरा शान्दर्वीक नहुने भन्दै पोखरलले कस्ले के काम गर्ने भन्ने कुरा संविधानमा प्रष्ट रहेको बताए । कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरेश खनालले शिक्षा, स्वास्थ्य , कृषि , भौतिक पूर्वाधार र नदि नियन्त्रणमा केन्द्रिय सरकारको सहयोगको अपेक्षा सहित पत्र बुझाएका थिए । सोही अपेक्षापत्रमा उल्लेखित विषयमा केन्द्रत रहँदै अधिकार क्षेत्र अनुसार अघि बढ्न स्थानियत तहका प्रतिनीधिहरुलाई आग्रह गरे । स्थानिय तह र प्रदेश सरकारले गर्न नसकेका काममा भन्नुस् हामी जुनसुकै सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा नेकपा नेता एवं पूर्व यूवातथा खेलकुद मन्त्री पुरुषोत्तम् पौडेलले सामरिक महत्वको विषयमा अदालत बाधक बन्न नहुने बताए । देशको आवश्यकता पहिचान गरी विकास गर्ने काम सरकारको भएकाले जनचाहना र राज्यको आवश्यकतामा सर्वोच्च सहयोगी बन्नेमा आशावादी रहेको बताए । नगरपालिका भवन निर्माणका लागि स्थानिय चन्द्र बहादुर गुरुङ्ग,सुन्तली कुमारी सार्की,नवराज चौलागाईं, चित्र कुमारी तिमल्सीना र टेमनाथ तिमल्सीनाले ११ कठ्ठा जग्गा प्रदान गरेका थिए । जस मध्य सबै भन्दाबढी जग्गा दान गुरुङ्गले आफ्ना स्वर्गिय पिता गणेश गुरुङ्गको स्मृतीमा दान गरेका थिए । नगरपालिकाले उनै गुरुङ्गको नाममा गणेश भवन नामाकरण समेत गर्दै जग्गादाताहरुलाई आज विशेष सम्मान समेत गरिएको छ । हाल उक्त जमिनको चलनचल्ती मुल्य ९ करोड बढी रहेको स्थानियले बताए ।
संघिय सरकारको १ करोड सहित ४ करोडको लागतमा सरकारी मापदण्ड अनुसार ३२ कोठे भवन निर्माण गरी संचालनमा ल्याईएको नगरका सचना अधिकारी नविन खनालले जानकारी दिए । भवन २०७२ चैत्रबाट निर्माण सुरु गरिएको थियो । यस अघि नगरपालिकाका कार्यालय साविकको निगजढ गाविसको भवनमा संचालनमा थियो । कार्यक्रममा बाराका विभिन्न स्थानिय तहका जनप्रतिनी, प्रदेशसभा सदस्यहरु,शुरक्षा निकायका प्रमुखहरु, जिल्ला समन्वय समितिका सभापती लगायतको सहभागिता रहेको थियो ।