बारा जिल्ला धेरै हिसावले बद्नाम बनाइएको जिल्ला हो । गलत हर्कतहरु अन्त पनि हुन्छन् तर बाराको नाउँ गलत गर्नेमा सबैभन्दा पहिला आउने गर्दछ ।

त्यसो त बारा जिल्ला आफैमा महत्वपूर्ण पनि जिल्ला हो । तर कुनै न कुनै हिसावले बाराको बद्नाम गर्ने गरिन्छ । भूमाफियाहरुका कारण बारा धेरै पहिला नै बद्नाम भएको जिल्ला हो । यहाँ नापी र मालपोत कार्यालयका कर्मचारीसंग मिलेर माफियाहरुले सर्वाजनिक जमिन र धेरै सर्वसाधारणको जमिन पनि दुषित दर्ता गरेर हडपेका घटना सार्वजनक हुदै आएका छन ।

बाराका कयौं खेतीयोग्य जमिनकहरु भूमाफियाहरुले आफ्नो कब्जामा लिएर खडेरी बनाएका छन् । अब हुँदाहुँदा विद्यालयको जग्गासमेत निजी बनाएर बिक्री गरेको खुलेको छ । विद्यालयको सम्पति सार्वजनक सम्पत्ति हो । जसको भोकाधिकार समुदायमार्फत उसलाई मात्रै प्राप्त हुन्छ । सरकारले पनि चाहेर विद्यालयको जग्गा कब्जा गर्न र लिन सक्दैन । तर बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ जैतापुरमा रहेको एउटा विद्यालयको. जमिन व्यक्तिको नाममा दर्ता गरेर बिक्री भएको घटना सार्वजनिक भएको छ । भूमाफियाहरुले कसरी यस्तो हर्कत गर्न सफल भए भन्ने कुरा बढी महत्वपूर्ण हो ।

यसमा भूमाफियाहरुको मात्रै हर्कत छैन यसमा सरकारी कर्मचारी लगायत पनि दोषि छन् । साथै विद्यालयको सम्पति संरक्षणमा विद्यालय प्रशासनले जे जसरी प्रयास गर्नु पर्ने थियो, त्यस्तो नगरेको पनि पाइएको छ । यदि विद्यालय प्रशासनले समयमै विद्यालयको जमिनबारे बेलाबेलामा जानकारी लिने र संरक्षणमा चासो देखाएको भए शायद भूमाफियाले यसरी सजिलै आफ्नो नाममा नामसारी गर्न सक्दैनथे होलान । तर अहिले यस्मा विवाद गरेर बस्नुभन्दा पनि अब विद्यालयको सम्पत्ति कसरी फेरि विद्यालयकै स्वामित्वमा फर्काउने र भूमाफियालाई कसरी कारबाहीको दायारामा ल्याउने भन्ने बारेमा सबैको ध्यान जान जरुरी छ । सार्वजनिक सम्पति सिध्याउनेहरुलाई त जस्तो सुकै कारबाही गरे पनि कमै हुन्छ । यस्तालाई कडा कारबाही गर्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here