निजगढ,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) निजगढ नगरको शनिवार भएको प्रथम अधिवेशनले विवश तिमल्सिनाको अध्यक्षतामा नयाँ नगरपालिका कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्ष सलम सिंह बोम्जन, सचिवमा ईश्वरी तिमल्सिना, सहसचिवहरुमा विशाल काफ्ले, मिना कटुवाल, रिमा गौतम, कोषाध्यक्षमा कृतिमा धिताल र सदस्यहरुमा अरुणा राउत, प्रज्वल पुडासैनी, अमृत खड्का, कृष्मा सापकोटा, स्वस्तिका पौडेल, नवराज दाहाल, प्रणिशा तिमल्सिना, शुसिला अधिकारी, पुजा भट्राई, सन्तोष कुशवाहा, रन्जीत कुशवाहा, सरोज कुशवाहा, सरोज कुशवाहा, अभय जैसवाल, पप्पुकुमार राम, आयुष अधिकारीलगायत ३९ जना रहेका छन ।

नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा अनेरास्ववियु मधेस प्रदेश अध्यक्ष अन्जना सिवाकोटी, अनेरास्ववियु प्रदेश कमिटी सदस्य त्रिलोक विक्रम साह, नेकपा एमाले प्रदेश कमिटी सदस्य एकबहादुुर श्रेष्ठ, सुर्दशनप्रसाद कोइराला, दुर्गा कोइराला, बारा जिल्ला कमिटी सदस्य दिलबहादुर लामा, लिलादेवी लामिछाने, रामकृष्ण घिमिरे, बारा जिल्ला बिद्यार्थी ईन्चार्ज दुर्गाप्रसाद गौतम, अनेरास्वयुवियु जिल्ला अध्यक्ष श्यामकृष्ण घिमिरे, निजगढ नगर कमिटी अध्यक्ष एंव नगरपालिकाका मेयर सुरथ पुरी, उपमेयर सोममाया थिङ, विद्यार्थी इन्चार्ज रोशन तिमल्सिना र नगर कमिटी सचिव तिलक घलान, जयराम कुँवर लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशन कार्यक्रम निजगढ नगरपालिका वडा नं. ९ स्थित गौरीशंकर क्याम्पसको सभा हलमा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here