काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव अघि सारेको छ ।
शुक्रबार प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलमा आयोगले यस्तो निर्वाचन कार्यतालिका प्रस्ताव गरेको हो ।
छलफलपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभाको निर्वाचन मङ्सिरमा गर्ने आयोगको प्रस्ताव उपयुक्त देखिएको बताएका थिए । यद्यपि, यसबारे पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा बनाउने उनले स्पष्ट पारे ।
यसअघि २०७९ वैशाख ३० गते स्थानीय तह र २०७९ मङ्सिर ४ गते प्रदेशसभा निर्वाचन भएको थियो । ती निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल २०८४ सालमा पूरा हुँदैछ ।
संवैधानिक व्यवस्थाअनुसार गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने भएकाले आयोगले आगामी निर्वाचनको समयतालिकाबारे राजनीतिक दलहरूसँग परामर्श थालेको हो ।

















