निजगढ,बाराको निजगढमा बुधबार एक युवकको शव भेटिएको छ । चितवनको राप्ती नगरपालिका वडा नम्बर १० का ३० वर्षिय मिलन विकको शव निजगढमा वडा नम्बर ७ मा बेवारिसे अवस्थामा भेटिएको हो । निजगढ वडा नम्बर ७ स्थित वन क्षेत्र नजिक स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा भेटिएको उनको मोवाईलको आधारमा शवको पहिचान भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।