काठमाडौं । प्रधानमन्त्री बालेन शाह आइतबार भारत भ्रमणमा जाने भएका छन् । उनी नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कने कार्यतालिका तय भएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक जानकारी दिएको हो ।
निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहको भारत भ्रमण छोटो अवधिको हुनेछ । उनी आइतबार भारत गएर सोमबार साँझ नेपाल फर्किनेछन् ।

















