रौतहट,रौतहटको चन्द्रपुरबाट साल जातको ५ थान गोलिया बरामद भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ भोलुम्टारमा काठ तस्करहरुले साल जातको गोलिया ५ थान २०.८३ क्युफिट काठ झाडीमा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको वन डिभिजन कार्यालय चन्द्रनिगाहपुरका जमदार जयलालप्रसाद पटेलले बताउनुभयो । सोमबार पटेलको कमाण्डमा गएको गस्ति टोलीले सो काठ बरामद गरेको हो । लुकाइछिपाइ राखेको गोलिया थप कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा पेश गरिएको जनाइएको छ । पछिल्लो समय रौतहटको उत्तरी क्षेत्रमा काठ तस्करहरु सक्रिय भएको देखिएको छ । रौतहटको चन्द्रपुर नगरपालिका उत्तरी क्षेत्रको गैडाटार, हिलेखोला, चिसापानी, मोरङ्गे, भोलुम्टार, इपिल, अरुणबस्ति क्षेत्रमा अत्याधिक रुपमा काठ तस्करी हुदै आएको वन कार्यालयले जनाएको छ ।

Leave a Reply