बीरगंज, १५ भदौ ।
पर्सामा भूमीहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गरिरहेकालाई जग्गाधनीपुर्जा वितरण गर्न जग्गा नापजा“च गर्ने काम सुरु भएको छ । भूमीआयोग पर्साले जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर २ बाट जग्गा नापजा“चगर्ने कामको सुरुवात गरेको हो । आयोग पर्साका अध्यक्ष तबरेज अहमद र पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले संयुक्त रुपमा नापनक्सा गर्ने मेसीनको रिमोट थिचेर नापनक्सा कार्यको सुभारम्भ गरेकाथिए ।

पर्साका सबै पालिकामा रहेका भूमीहीन सुकुम्बासीहरुका लागि भूमी आयोगले नापी कार्यालयस“गको सहकार्यमा नापनक्साको काम अगाडी बढाएको भन्दै चा“डै भूमी सम्बन्धिस मस्यामा परेका जिल्लाका सबै नागरीकको जग्गाधनि पुर्जाको लागि प्रकृया सुरु हुने आयोग पर्साकाअध्यक्ष तबरेज अहमदले जानकारी दिए ।

सरकारले दलित, भूमीहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमध्ये खासगरी दलित समुदायलाई निशुल्क र भूमीहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई मालपोत निर्धारण मूल्यको ८ देखी २०० प्रतिशत राजश्व बापतको रकम लिएर जग्गाधनीपुर्जा उपलब्ध गराउने योजना अघि बढाएको भूमीआयोग पर्सा सदस्य सचिव एवं प्रमुख नापीअधिकृत नारायण कुमार श्रेष्ठले बताए ।

आयोगले शहरी क्षेत्रमाकरिव ७ धुर (१३० वर्गमिटर),अन्य क्षेत्रमाकरिव एक का (३४० वर्ग मीटर) र कृषिप्रयोगका लागी करिव एक का १८ धुर (२ हजार वर्गमिटर) क्षेत्रफल जग्गाउपलब्ध गराउने गरी काम गरिरहेको आयोगका अध्यक्ष अहमदले बताए । यसका साथै कृषि योग्य जग्गा महानगरपालिका, उपमहानगरपलिका र नगरपालिकाको शहरी क्षेत्रमा बाहेक अन्य क्षेत्रमा मात्रै उपलब्ध गराईने आयोगको प्रावधानमै उल्लेख रहेको पनिउनले बताए ।
आयोगले जिल्लामा जग्गा प्राप्तिका लागि १५ हजार घरपरिवारको लगत संकल नहुने प्रारम्भिक अनुमान गरेको छ । पर्सा जिल्लामाएक महानगरपालिका, तीननगरपालिका र १० वटा गाउ“पालिका रहेका छन् । सबै पालिकामा दशै“ अगावै नापनक्साको काम सक्ने गरी आफूहरुले काम अघि बढाएको अध्यक्ष अहमदले बताए । बुधबार पर्सागढीमा आयोजित नापनक्सा उद्घाटन कार्यक्रममा पर्सागढीका नगरपालिकाका मेयर गोकर्ण पाठकले नापनक्सा गर्ने काम सक्दो छिटो सकेर यहा“का भूमीहीन, सुकुम्बासीलाई पुर्जा वितरण गरिने बताए ।
पालिकाले भूमीहीनको व्यवस्थापनकालागि कर्मचारी नियुतिm गर्ने देखीअन्य आवश्यक प्राविधिक पक्षमा काम गरिसकेको बताउ“दै उनले आयोगस“गको सहकार्यमा सक्दो छिटो पालिकाका भूमीहीन, सुकुम्बासीको हातमापुर्जा पुर्याउन आफू लागि परेको बताए । विगतका आयोगले फारम भर्न लगाउने कामगर्दै आएको भएपनि अहिले भूमीहीन सुकुम्बासीले जग्गा प्राप्तीगर्ने गरी आवश्यक काम अघि बढेको भन्दै खुसीव्यक्त गरे ।

आयोग पर्साका अध्यक्ष तबरेज अहमदको सभापतित्वमा भएको कार्यक्रममा पर्सागढी नगरपालिकाका प्रमुखगोकर्ण पाठक, उपप्रमुख पुजाचौधरी, आयोगका कर्मचारी, स्थानीयवासी लगायत संचारकर्मीको उपस्थिती रहेको थियो ।

Leave a Reply