कलैया,बाराको पचरौता नगरपालिकाका अजितकुमार सिंह हत्या प्रकरणमा संलग्न रहेको आरोपमा तीन वर्षदेखि फरार रहेका एक अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक (प्र.ना.नि.) राजीव यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतको बिहार राज्य, मोतिहारी जिल्ला, दरपा थाना अन्तर्गत तिनकोनी ग्राम पञ्चायत निवासी ३० वर्षीय रञ्जित मुखियालाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार मुखियाले २०८० साल असोज ९ गते साँझ करिब ५ः५५ बजे बारा जिल्लाको पचरौता नगरपालिका– ६ स्थित पकडिया गाउँको लक्ष्मिनिया पोखरीको डिलमा अजितकुमार सिंहमाथि गोली प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोप छ । घटनापछि उनी फरार रहेका थिए ।जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार फरार अभियुक्त मुखियालाई बुधबार साँझ पचरौता नगरपालिका– ४ बेल्दारी क्षेत्रबाट पक्राउ गरिएको हो ।


















