निजगढ,सशस्त्र प्रहरी परिवार महिला संघले बारा जिल्लाका तीन पालिकाका १ हजार ५० घरधुरी परिवारलाई झुल र पोलार ब्ल्याङ्गकेट वितरण गरेको छ ।

काठमाण्डौंंस्थित फिटवेल गार्मेन्टको सहयोगमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष अनिता लामिछाने (अर्याल) ले शनिवार जिल्लाको निजगढ, कोल्हबी नगरपालिका र करैयामाई गाउँपालिकाका १ हजार ५० गरिव र विपन्न परिवारमा प्रतिपरिवार ३ थान झुल र १ थान पोलार ब्ल्याङ्गकेटसहितको राहत प्याकेट वितरण गर्नुभएको हो । सशस्त्र प्रहरी परिवार महिला संघले निजगढको भक्तलाल, कोल्हबीको रामपुर्वा र करैयामाईमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा राहत सामग्री वितरण गरको हो ।

राहत सामग्री वितरण कार्यक्रमकी प्रमुख अतिथि एंव सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष लामिछानेले संघले देशका विभिन्न भागमा हुने बाढी, पहिरो, आगलागी, हुरीबतास पिडीत र अतिगरिव, असाहाय तथा विपन्न परिवारलाई सहयोग गर्दै आएको बताउनुभयो । उहाँले विपद्मा परेका नागरिकहरुलाई तत्कालै उद्धार र राहत महशुस गराउन संघले मानवीय सेवा भावले कार्य गर्दै आएको पनि बताउनुभयो । बारा जिल्लाका ग्रामीण बस्तीका बासिन्दाहरुलाई गर्मीयाममा प्रयोग हुने झुल र पोलार ब्ल्याङ्गकेट वितरण गर्न पाउदा आफुलाई खुशी लागेको पनि अध्यक्ष लामिछानेले बताउनुभयो ।

कोल्हबीको रामपुर्वामा आयोजित कार्यक्रममा कोहल्वी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरी, फिटवेल गार्मेन्टका संचालक मनोज भारती, समाजसेवी विनोद भारतीले बोल्नुभएको थियो । त्यसैगरी करैयामाई गाउँपलिकामा भएको कार्यक्रममा अध्यक्ष शम्भुप्रसाद यादव, निजगढको भक्तलालमा भएको कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलान लगायतले मन्तव्य राख्नुभएको थियो । करैयामाई गाउपलिकाका वडा अध्यक्ष राजकुमार चौधरी, कोल्हबी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष वृज चौधरी, निजगढ नगरपािलका वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले सशस्त्र प्रहरी, नेपाल प्रहरी र सञ्चारकर्मीहरुको पनि सहभागिता थियो । निजगढ नगरपालिका वडा अध्यक्ष सूर्य घलानले महिला संघकी अध्यक्ष लामिछाने र गार्मेन्ट संचालक भारतीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

अतिगरिव, असाहाय, विपन्न परिवारका सदस्यहरुको स्वास्थ्य सुरक्षाको लागि तिन वटा पालिकाकामा ३ हजार १५० थान झुल र १ हजार ५० थान पोलार ब्ल्याङ्गकेट वितरण गरिएको कार्यक्रमका प्रायोजक फिटवेल गार्मेन्ट उद्योग प्रालिका सञ्चालक भारतीले जानकारी दिनुभयो । कार्यक्रममा संघी उपाध्यक्ष सावित्री पौडेल, सचिव तुलमाया ठाडामगर, सिमासुरक्षा प्रहरी वल बाराका प्रहरी उपरीक्षक राजेन्द्र थापालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सशस्त्र प्रहरी गण पिलुवाका प्रमुख सञ्जय भटराईले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here