कलैया,बारा जिल्लाबाट भारत जोडिएका सबै सीमा नाका बन्द भएका छन् । मंगलवार राती १२ बजेदेखि ३० गते हुँने स्थानीय तहको निर्वाचनसम्मका लागि जिल्लाका सबै सीमा नाका बन्द भएको हो ।

निर्वाचनलाई स्वच्छ , निष्पक्ष पारदर्शी भयरहित वातावरणमा सम्पन्न गर्न देशभरका सबै सीमा नाका बन्द गरिएको हो । मंगलवार राती १२ बजेदेखि ३० गतेसम्म मादक पदार्थ सेवन ओसार पसार र बिक्री बितरण पनि निषेध गरिएको छ । २९ गते रातीदेखि मतदान सम्पन्न नभएसम्म अत्यावश्यक सवारी साधन बाहेक सम्पूर्ण सवारीका साधनमा पूर्ण रूपमा प्रतिबन्ध समेत लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here