निजगढ,बाराको निजगढमा बुधबार दिउँसो दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका ७ का २२ वर्षीय वैभव ढुंगाना र निजगढ नगरपालिका ६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।
दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि गण्डकस्थित एलएस न्यूरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल पु¥याएलगत्तै चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो ।

सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्र.०२–०४२प ९८२४ नम्बरको मोटरसाइकल विपरित दिशाबाट गुडिरहेको बागमती प्र.०३–००४प ३६६१ नम्बरको मोटरसाइकलसंग निजगढको पुराना हाटबजार नजिक लच्कामा मध्यान्न १२ बजे ठोक्किएको थियो ।श्रेष्ठले ३६६१ नम्बरको मोटरसाइकल र ढुंगानाले ९८२४ नम्बरको मोटरसाइकल चलाइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले दुर्घटना भएको दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

Leave a Reply