पुष्पराज खतिवडा
बारा,साना किसान कृषि सहकारी संघ लिमिटेड बाराको आयोजनामा बिहिबार कलैयामा म्यादी बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।कलैयास्थित कृषि ज्ञान केन्द्रको सभाहल सम्पन्न भएको सो कार्यक्रममा बीमा कार्यक्रममा सहभागी बारा र पर्साका २९ वटा सहकारी संस्थाका अध्यक्ष एवं प्रबन्धकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमा नेपाल कृषि सहकारी केन्द्रिय सहकारी संघ लि.का अध्यक्ष एकराज उप्रेती, ईन्सुरेन्स कम्पनीकी कार्यकारी निर्देशक प्रशंसा ढुङ्गानाले सहजीकरण गर्नु भएको थियो ।
त्यसैगरी कार्यक्रममा केन्द्रीय सहकारी संघका अध्यक्ष उप्रेतीले बीमाको महत्वसँगै कृषि सहकारी अभियानले सदस्यहरुका हितमा गर्नुपर्ने काम र संचालन गर्दैआएको सेवालाई थप प्रभावकारी बनाउँदै लजानुपर्ने बताउनुभयो । सहकारी संस्था संचालनमा देखिएका कानुन कार्यान्वयनका जटिलतालाई औंल्याउँदै सहजीकरण गर्न केन्द्रीय संघले प्रभावकारी भुमिका खेल्दै आएको र आगामी दिनमा थप सक्रिय हुने उहाँले बताउनुभयो ।

सहकारी संस्थाहरु संचालनमा कानुनको पालनमा कटिवद्ध बन्दै सुशासन र पारदर्शितालाई केन्द्रमा राख्नुपर्ने उहाँको भनाई थियो । कानुन पालनमा कुनै किसिमको कमजोरी गर्न नहुने भन्दै अध्यक्ष उप्रेतीले गल्ती गर्ने छुट कसैलाई पनि नभएको बताउनुभयो ।यस्तै ईन्सुरेन्स कम्पनीकी कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार बाराका २२ वटा संस्थामा ३५ हजार ६७५ र पर्साका ७ वटा संस्थामा ३ हजार ९३५ सदस्य आवद्ध रहेकामा क्रमश बारामा ६ हजार ५७५ र पर्सामा ३३ जना गरी ६ हजार ६०८ जनाको जीवन बीमा भएको छ ।

२०७९ बाट सुरु भएको सहकारीका सदस्यहरुको म्यादी बीमा कार्यक्रमको यस अवधिमा बारा र पर्साका गरी १७ जना सदस्यको मृत्य भएको छ । मृतकका आश्रित परिवारमा ८१ लाख रुपैंया बीमा दाबी रकम प्रदान गरिएको निर्देशक ढुङ्गानाले सो अवसरमा जानकारी दिनुभयो ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. र सानिमा लाईफ ईन्सोरेन्स कम्पनीसँगको सहकार्यमा बारा÷पस्र्राका साना किसान कृषि सहकारी संस्थाहरुमा आवद्ध सदस्यहरुको म्यादी जीवन बीमा कार्यक्रम संचालन गर्दै आएका छन् ।साना किसान कृषि सहकारी संघ लि.बाराका अध्यक्ष मिश्रीलाल सहनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै केन्द्रीय कृषि सहकारी संघ लि.का अध्यक्ष उप्रेतीले कलैयाको कार्यक्रममा पुग्नु पूर्व जीतपुरसिमरा उपमहानगगरपालिका वडा नं. १८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको अवलोकन निरीक्षण गर्नुभएको थियो ।मनहर्वा संस्थाले संचालनमा ल्याएको बिउ प्रशोधन उद्योग, कष्टमहायरिङ्ग सेन्टर र गँहुबालीको अवलोक गरि सहकारीको सहुलियत कर्जा सहयोगमा किसानद्वारा संचालित उत्कृष्ठ पशुपालन तथा तरकारी खेती व्यवसायको समेत अवलोकन गर्नुभएको थियो ।

Leave a Reply