रौतहट,रौतहटको गौर नगरपालिका– ६, सबगढामा मस्जिद अगाडि बाजा बजाउँदै जन्ती गएको विषयलाई लिएर गत बिहीबार रातिदेखि उत्पन्न तनाव सोमबार बिहानदेखि सामान्य बन्दै गएको छ ।
तनावपछि नागरिक समाजको अगुवाइमा सोमबार शान्ति तथा सद्भाव ¥याली निकालिएको छ । ¥यालीमा हिन्दु–मुस्लिम समुदायका अगुवा, स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो ।
नेकपा (एमाले) रौतहटका जिल्ला इन्चार्ज अजयकुमार गुप्ताले ¥यालीले आपसी भाइचारा र सद्भाव कायम राख्ने सन्देश दिएको बताउनुभयो । सबगढाको मुख्य सडकबाट सुरु भएको ¥यालीले गाउँ परिक्रमा गर्दै शान्ति र एकताको सन्देश दिएको उहाँको भनाई छ ।
नागरिक समाजका अध्यक्ष जगन्नाथप्रसाद केशरीले अब कुनै पनि प्रकारको उक्साहटमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न सबैलाई अपिल गर्नुभयो । उहाँले यस ¥यालीले गौरमा पुनः विश्वास र भाइचाराको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको बताउनुभयो ।
केशरीको अगुवाइमा आयोजित ¥यालीमा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, नारायण दल गणका कर्णेल विश्वास विष्ट, प्रहरी उपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, विभिन्न राजनीतिक दलका नेता, दुवै समुदायका अगुवा, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।
गौरमा हट्यो कफ्र्यु
रौतहट,रौतहट सदरमुकाम गौरमा लगाइएको कफ्र्यु हटेको छ । जिल्ला सुरक्षा समिति रौतहटको सोमबार बसेको बैठकले गौरमा जारी कफ्र्युसोमबार बिहान १० बजेदेखि हटाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिनुभयो ।जिल्ला सुरक्षा समिति रौतहटको निर्णय अनुसार फागुन ९ गते दिउँसो १ बजेदेखि गौरमा कफ्र्यु लगाइएको थियो । यस अघि जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार राति सूचना जारी गर्दै कफ्र्यु सोमबार बिहान ६ बजेसम्म रहने जनाएको थियो । सोमबार बिहान १० बजे पछिको अवस्था विश्लेषणका आधारमा आवश्यक निर्णय गरिने जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा जारीे सूचनामा उल्लेख गरिएको थियो ।
पूर्वमा मुडवलबा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रमा कफ्र्यु लगाइएको थियो ।गत बिहीबार राति सवगढामा विवाहको जन्ती बाजा बजाउँदै आउँदा मस्जिद अगाडि अवरोध भएपछि चर्किएको विवादले उग्र रूप लिन थालेपछि जिल्ला सुरक्षा समिति रौतहटको निर्णय अनुसार कफ्र्यु आदेश जारी गरिएको थियो ।

 

Leave a Reply