काठमाण्डौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको वर्तमान सरकारलाई हटाउनुपर्ने बताउनुभएको छ ।ओखलढुंगामा आइतवार गुरू लुइँटेल स्मृति पार्क उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारले जनतालाई नहेरेको बताउनुभयो । ‘अहिलेको सरकार बसिरहन हुन्छ ? तपाईंहरू भन्नुस् त, यस्तो सरकार राख्न हुन्छ ?,’ ओलीले प्रश्न गन्नुभयो, ‘तपाईं–हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि यसलाई टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो ।’सरकारले जनता नहेरेको तर सुन हेरिरहेको ओलीको आरोप छ । ‘यति नालायक जनता हेर्दैन, सुनतिर हेर्छ,’ ओलीले भन्नुभयो । ब्रेक शुदेखि इलेक्ट्रिक भेपसम्ममा सुन नेपालमा तस्करी भएर आइरहेको ओलीको भनाइ छ ।‘बुढाबुढीले आशीर्वाद दिनुहुन्थ्यो– माटो छुँदा अन्नै होस् । ढुंगा छुँदा द्रव्य होस् भनेर अहिले त जे छोयो त्यही सुन,’ उहाँले भन्नुभयो, ‘माओवादी नेतृत्वको सरकार । क्रान्तिकारी र परिवर्तनकारी सरका र। कस्तो, भ्रष्टाचारी र तस्करी ।’देशमा हिंसा भड्काउने प्रयास भइरहे पनि सरकार हेरेर बसेको उहाँको आरोप छ । अहिलेको सरकारले नौ महिनामा केही काम नगरेको ओलीको आरोप छ । ‘यो सरकारले नौ महिनामा एउटा सिन्को पनि भाँचेन,’ उहाँले भन्नुभयोे, ‘एउटा कानुन बनेको छैन संसदबाट ।’सुन तस्करी रोक्न एमालेले संसदबाट माग गरे पनि त्यसबेला संसद अवरोध गरेर कानुन बनाउन नदिएको भन्ने हल्ला चलाइएको उहाँको भनाइ थियो । प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीन भ्रमणमा जाँदा संसद रोकिएको उहाँको भनाइ छ ।

Leave a Reply