आगामी फागुन २१ गतेका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरिसकेको छ । माघ ६ गतेबाट नै आयोगले देशभर आचारसंहिता जारी गरेको हो । प्रतिनिधि सभा सदस्यका लागि आयोगले सबैका लागि यो आचारसंहिता जारी गरेको हो । मुख्यतः चुनावी मैदानमा उत्रिएका उम्मेदवार सहित संचार क्षेत्र र सर्वसाधारणसम्मका लागि यो आचारसंहिता जारी भएको हो तर नेपालमा निर्वाचनअघि आचारसंहिता जारी हुने तर प्रभावकारी कार्यान्वयन नहुँने समस्या छ । यसको कार्यान्वयन एकदमै फितलो हुन्छ । बढी जसो त उम्मेदवारहरुले नै आचारसंसिहताको उल्लंघन गरेको पाइन्छ ।

यसमा कोही पनि चोखो भएको जस्तो देखिदैन । प्रतिशतको आधारमा भने धेरै थोरै पक्कै छ । वास्तवमा अब चैं मतदाता स्वयम् पनि सचेत हुनुपर्ने बेला आएको छ । आफ्नो गाउँ घरमा भोट माग्न आउने उम्मेदवारहरुसंग चुनावी एजेण्डा माग्ने, मासुभात वा नगदमा नभइ विचार एजेण्डाको आधारमा आफ्नो मत दिनका लागि राजी हुने र कसैले आचारसंहिताको उल्लंघन गरे तत्काल खबरदारी गर्ने गर्नुपर्दछ । अहिलेको मतदाता लगभग सबै सचेत नै छन् ।
हो, पुराना पुस्ता अझ भनौं हजुर बुवा र आमाहरुले यसको त्यत्ति मेसो नपाउनुहोला बुवा र नयाँ पुस्तालाई त यसको विषयमा सबै नै थाहा छ । नयाँ पुस्ताले पनि घरका अरुलाई सिकाउन सक्छन् । यसरी मतदाता स्वयम्ुले खबरदारी गर्ने हो भने उम्मेदवारहरु पनि अलि हच्किनेछन् ।अब नोट वा झुटो कुरा गरेर भोट पाइदैन भन्ने कुरा मतदाताले व्यवहारमा नै देखाउन खोजेको खण्डमा यो आचारसंहिता पनि कार्यान्वयनमा सहयोग हुनेछ र गलत व्यक्तिले पनि जित्ने संभावना कमै रहन्छ ।

Leave a Reply