एजेन्सी, १३ साउन– अभिनेत्री ऐश्वर्या राय र छोरी आराध्या कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन । अस्पताल भर्ना भएको ११ औं दिनमा नानावती अस्पतालबाट उनीहरु डिस्चार्ज भएका हुन ।
ऐश्वर्या र छोरी आराध्याको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएको उनको श्रीमान् अभिनेता अभिषेक बच्चनले सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिएका छन ।
अभिषेकले लेखेका छन्,’ तपाईहरुले दिएको शुभकामनालाई विशेष धन्यवाद। सधैंभरि यसको लागि आभारी छु । राम्रो भएको छ ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालले डिस्चार्ज गरेको छ । उनीहरु घरमा बस्छन । म र मेरा पिता अस्पतालको अस्पतालको स्वास्थ्यकर्मीको निगरानीमा रहनेछौ ं।’
जुलाई १२ मा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरुमा लक्षण नदेखिएकोले होम क्वारेन्टाइनमा राखिएको थियो । १७ जुलाईमा छोरीको स्वास्थ्यमा समस्या भएपछि नानावती अस्पतालमा भर्ना गरिएको थियो।
१० दिन अस्पतालमा बसी ११ औं दिनमा अस्पतालबाट डिस्चार्ज भएका हुन । अमिताभ र अभिषेक १७ दिनदेखि अस्पतालमा छन । उनीहरुमा कोरोना पोजेटिभ आएपछि ११ जुलाईमा अस्पताल भर्ना गरिएको थियो ।