गन्जभवानीपुर,बाराको करैयामाई गाउँपालिका वडा नम्बर १ मा रहेको जनसमुदायिक माध्यमिक विद्यालयमा आर्थिक वर्ष २०८१÷०८२ का लागि साप्ताहिक तथा वार्षिक खेलकुद एवं अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम अन्तर्गत कक्षा ईसीडीदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगितामा सहभागी गराई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।विद्यालयका प्रधानाध्यापक रामबाबुप्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादव रहनु भएको थियो ।
अध्यक्ष यादवले विद्यालयको शैक्षिक उन्नयनका लागि यस्ता साप्ताहिक अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै सहभागी उत्कृष्ट विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।कार्यक्रममा करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, गाउँपालिकाका शिक्षा शाखा संयोजक उमेशप्रसाद यादव, वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साह लगायत वडा सदस्यहरू, सञ्चारकर्मी, विद्यालयका शिक्षक शिक्षिका, स्थानीय अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


















