निजगढ,१९ असोज- मोटरसाइकल दुर्घटनामा घाइते निजगढ नगरपालिका ६ का पतञ्जली योगगुरु राजमणी खनालको निधन भएको छ ।
दुई दिनअघि निजगढ ६ मा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते हुनुभएका खनालको काठमाण्डौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारको क्रममा आज दिउसो मृत्यु भएको हो ।
घाइते खनाललाई उपचारका लागि शुरुमा वीरगञ्जस्थित न्युरो अस्पताल लगिएको थियो । वीरगञ्जमै शल्यक्रिया गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि उहाँलाई आइतवार राति काठमाडौं लगिएको हो ।
खनाल निजगढ ९ स्थित स्वतन्त्र सहकारी संस्थाको कर्मचारीसमेत रहनुभएको थियो । खनालको परिवारमा श्रीमतीसहित एक छोरा र एक छोरी छन ।
फोटो पनि छ ।

















