नेपालका सडकहरुको अवस्था हेर्ने हो भने काहालीलाग्दो छ । सडकमा दिनदिनै जसो सवारी दुर्घटना भएका खबरहरु आउने गर्दछन् । अनाहकमा नागरिकहरुले ज्यान गुमाउन परेको खबरहरु पनि आउने गर्दछन् ।सवारी दुर्घटनामा चालकको लापारवाही त होला नै त्योभन्दा बढी चैं सडककै दुर्दशा नै हो । नेपालको सडकको अवस्था कस्तो छ भन्ने कुरा त केवल पथलैयादेखि निजगढसम्मको मात्रै हेरे पनि पुग्छ ।यो सडक पनि नेपालको मुख्य राजमार्ग हो । राजा महेन्द्रले कोरिदिएको ट्याकमा अहिले हिडेर सडकको स्तर उन्नती नगर्नु भनेको पनि लोकतन्त्रकै उपहास हो । नेपालका जति बाटोहरु छन् प्रायः महेन्द्रका पालामा बनेका छन् । तिनै सडकहरुमा अहिले सवारी साधन हिडिरहेका छन् । अब यी सडकहरुको सुधार व्यापक हुन आवश्यक छ । हिजो र आज सडकमा हुने चहलपहल धेरै फरक छ । हिजो थोरै सवारी साधन थिए । तर, आज धेरै छन् ।गणतन्त्रमा रहेका राजनीतिक दलहरुले सडकको अवस्था सुधारका लागि नीति बनाउन निकै ढिला भइसकेको छ ।बाराको नै कुरा गर्ने हो भने पनि पथलैया वीरगन्ज बाहेकका अन्य सडकहरुको अवस्था नाजुक छ । हेटौंडा– पथलैया, पथलैया– निजगढ जस्ता सडक तत्काल विस्तारका लागि कुनै समस्या छैन । तत्काल सरकारको अगुवाइमा यस्ता सडकहरुको अवस्था सुधार हुन आवश्यक छ । अब सडक विस्तार हुनुको विकल्प छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here