कलैया,बारा प्रहरीले भारी मात्रामा लागुऔषध ईन्जेक्सन सहित कलैयाका दुईजना युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले दिएको जानकारी अनुसार मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेका कलैया उपमहानगरपालिका वडा नं. १ भवानिपुर बस्ने वर्ष ४२ का निर्वान मियाँ र कलैया उपमहानगरपालिका वडा नं.६ मदर्शा टोल बस्ने वर्ष ४० का ओसी अहमदलाई १२०० पिस अवैध लागू औषध इन्जेक्सन सहित नियन्त्रणमा लिइएको हो ।

प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरी गस्ती टोलीले कलैया उप(महानगरपालिका वडा नं. १० मटिअर्वाको पुरानो चौकीस्थित सडकमा भारतबाट नेपालतर्फ आउदै गरेको ना.८ प ७७५५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

प्याज, मुसुरोको दाल र चिनीसमेत राखिएको प्लास्टिकको झोलाभित्र लुकाएर राखिएको अवस्थामा फेनार्गन ४०० पिस, डाइजिपाम ४०० पिस र नुर्फिन ४०० पिस फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैजनामाथि लागुऔषध मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ दिनको म्याद अनुमती लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here