निजगढ,बाराको निजगढ नगरपालिका– ७ स्थित लोकप्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष अम्बिकाप्रसाद चौलागाईंको अध्यक्षतामा भएको सो साधारण सभामा अध्यक्ष चौलागाईले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन र संस्थाकी कोषाध्यक्ष अन्जु नेपालीले पेस गरेको आर्थिक वर्ष ०८१-०८२ को आर्थिक प्रतिवेदन सर्सम्मतिले पारित गरेको छ ।

अध्यक्ष चौलागाईले प्रस्तुत गरेको प्रतिवेदनमा सहकारीले स्थानीय स्तरमा आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास र सदस्यको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख छ । सहकारीलाई अझ पारदर्शी, उत्तरदायी र सदस्यमैत्री बनाउँदै लैजानुपर्नेमा पनि जोड दिइएको छ । प्रतिवेदनमा सहकारीको आर्थिक प्रगति, सदस्य विस्तार, बचत तथा ऋण कारोबारको अवस्था र आगामी कार्ययोजनाको विवरण उल्लेख छ ।सभामा लेखा समितिको तर्फबाट पार्वती अधिकारीले आय–व्यय विवरण र लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम, बजेट पारित गर्नुका साथै आवश्यक निर्णयहरू समेत सर्वसम्मतिले पारित गरेको जनाइएको छ ।
कार्यक्रममा उपाध्यक्ष केदारप्रसाद गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply