कलैया,प्रधानमन्त्री कप पुरुष प्रादेशिक छनोट प्रतियोगिता– २०८२ का लागि बारा जिल्ला क्रिकेट टोली छनोट प्रक्रिया सुरु गरिएको छ ।नेपाल क्रिकेट संघ (क्यान) को पत्रअनुसार उक्त प्रतियोगिताका लागि बारा जिल्लाबाट सहभागी हुने खेलाडी छनोट गर्न खेलाडी दर्ता आह्वान गरिएको जिल्ला क्रिकेट संघ बाराले सूचना जारी गर्दै जनाएको छ ।
इच्छुक खेलाडीहरूले संलग्न गरिएको फारम तोकिएको स्थानमा दर्ता गराउनुपर्ने क्रिकेट संघ बाराले जनाएको छ । दर्ता फारमसँगै खेलाडीले आफ्नो नागरिकता, पासपोर्ट वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एकको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने क्रिकेट संघ बाराले जारी गरेको सूचनामा उल्लेख छ ।खेलाडी दर्ता गराउने अन्तिम म्याद पुस २७ गते बेलुका ३ बजेसम्म तोकिएको छ । सूचनामा १५ वर्ष मुनिका खेलाडीलाई छनोट प्रक्रियामा सहभागी नगराइने र थप जानकारीका लागि ९८४५०५८८२९ र ९८०९२९३०८६ नम्बरमा सम्पर्क गर्न सकिने संघले जनाएको छ ।

Leave a Reply