बरियारपुर,बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादव नगरपालिकाको वडा नम्बर २ बाट निर्वाचन क्षेत्र नम्बर २ को लागि क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मतिले चुनिनु भएको छ ।

महगढीमाई नगरपालिका वडा नम्बर २ को सोमबारबाट सुरु भएको वडा अधिवेशनमा नगर प्रमुखसहित १२ जना क्षेत्रीय प्रतिनिधमा छनौट भएका छन ।

अधिवेशनले वडा सभापतीमा मिथिलेश स्वर्णकार, उपसभापतिमा राजेन्द्र यादव, श्याम यादव, सचिवमा मनोज यादव, दिपेन्द्र कुशवाहा चुनिनु भएको छ भने क्षेत्रीय प्रतिनिधिमा नगर प्रमुख यादवसहित भुलेन्द्र यादव, बिरेन्द्र यादव, बिजय स्वर्णकार, बागड राउत, प्रभु महतो, राधिका देबी, दिनेशकृष्ण पाण्डे, रिना देबी यादव, राजुकृष्ण पाण्डे, सुगान्धी यादव, जयकलिया अहिरिन चयन भएका छन ।

त्यसैगरी महागढीमाई नगरपालिका वडा नम्बर १ को सभापतीमा झब्बुलाल साह कानु, वडा नम्बर ३ मा द्वारिका साह, वडा नम्बर १० राजेश साह, वडा नम्बर ५ मा हरिशचन्द्र चौधरी, वडा नम्बर ६ मा रामजी बरै, वडा नम्बर ७ मा श्री नारायण यादव, वडा नम्बर ८ मा जहिर अंसारी वडा सभापतीमा चयन भएको नेपाली कांग्रेस बाराले जनाएको छ । सक्रिय सद्स्यता विवादले पटक पटक स्थागित हुदै आएको नेपाली कांग्रेस पार्टीको आसन्न १४ महाअधिशेसनको लागि अब चाडै नगर, क्षेत्रीय र जिल्ला अधिवेशन पनि आयोजना गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here