निजगढ,मौसममा सुधार आएपछि निजगढ नगरपालिकामा शुक्रवारबाट विद्यालयहरु सूचारु हुनेभएका छन ।
निजगढ नगरपालिकाले यसअघि घोषणा गरेको बिदा फिर्ता लिएर कक्षा संचालन गर्न सूचना गरेपछि विद्यालयहरुमा पठनपाठन सूचारु हुने भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले आज एउटा सूचना निकालेर शुक्रवारबाट कक्षा संचालन गर्न विद्यालयमा जानकारी गराउनुभएको हो । प्रशासकीय अधिकृत गौतमले जारी गरेको सूचनामा विगत केही दिनदेखि बढ्दै गएको अत्याधिक चिसोको कारण विद्यालयहरूमा नियमित पठनपाठन कार्यमा असहज हुनगई नगरपालिकाको क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू मिति २०८२।०९।१६ देखि २०८२।०९।१८ गतेसम्म थप बिदा गर्नु गराउनुहुन सूचना प्रकाशित गरिएकोमा हाल मौसममा सुधार देखिएकाले मिति २०८२।०९।१८ गतेबाट विद्यालयमा पठन पाठन कार्य सञ्चालन गर्नु÷गराउनुहुन आदेशानुसार अनुरोध छ । भनिएको छ ।एक सातादेखि बाक्लो हुस्सुर शितलहरका कारण प्रभावित बन्दै आएको यहाँको जनजीवन आज दिनभरि नै घाम लागेपछि सहज बनेको छ ।

Leave a Reply