काठमाण्डौं,भारतको दक्षिणी राज्य केरलाको तटीय क्षेत्रमा डुबेको एउटा ‘कन्टेनर जहाज’ बाट तेल चुहावट रोक्न भारतीय तटरक्षकले पहल गरिरहेका छन् । तटरक्षकले दुई वटा जहाजको प्रयोग गरेर तेल फैलन नदिने प्रयास गरिरहेका केरला सरकारको विज्ञप्तिलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।लाइबेरियाली झन्डा वाहक १ सय ८४ मिटर अर्थात् ६ सय ३ फिट लामो मालवाहक जहाज (एमएससी ईएलएसए ३) केरलाको सामुद्रिक तटमा दुर्घटनाग्रस्त भएको थियो ।

६ सय ४० कन्टेनर रहेको यो जहाजमा १३ वटामा हानिकारक कार्गो र १२ वटामा क्याल्सियम कार्बाइड थिए । साथै दुर्घटनाग्रस्त जहाजमा झन्डै ३ सय ७० टन इन्धन र तेल पनि रहेको थियो । डोर्नियर विमान प्रयोग गरेर तेल नष्ट गर्न धूलो छर्किने काम भइरहेको राज्य सरकारको विज्ञप्तिमा उल्लेख छ ।भारतीय रक्षा मन्त्रालयका अनुसार कोचीबाट झन्डै ३८ नटिकल माइल दक्षिण–पश्चिममा आएको बाढीका कारण जहाज डुबेको थियो । जहाज डुबेका कारण केरलाको तटीय क्षेत्रमा यसबाट पर्नसक्ने संवेदनशील सामुद्रिक पारिस्थतिक प्रणालीप्रति चिन्ता व्यक्त गरिएको छ ।यसैबीच सरकारले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ र मानिसहरूलाई कुनै पनि कन्टेनरलाई नछुन वा सम्पर्क नगर्न चेतावनी दिएको छ ।
भारतीय बन्दरगाह भिझिन्जम र कोचीको बीचमा यात्रा गरिरहेको यो जहाज अस्ति शनिवार डुबेको हो ।

Leave a Reply