राजन कुमार बानिया

पोखरिया,पर्साको धोबिनी गाउँपालिका वडा नं ३ का नवनिर्वाचित वडा अध्यक्ष राजकिशोर पटेलले बुधवार पदभार सम्हाल्नुभएको छ ।

वडाध्यक्ष पटेलले यसअघि नै शपथ ग्रहण गरि बुधवार वडा कार्यालयमा पुगेर कार्यभार समाल्नुभएको हो । वडा नं ३ हरिहरपुरमा रहेको वडा कार्यालयको उद्धाटन नेपाली काँगेसका महाधिबेशन प्रतिनिधि एव धोबिनी गाउँपालिकाका उपाध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष पटेलले उद्धघाटन गर्नुभएको थियो ।

सो अवसरमा वडाध्यक्ष पटेलले जनताहरुले आफूलाई जिताएको यो जित आफ्नो मात्रै नभएर सबै जनताको भएको बताउनुभयो । जनताहरुको सेवकको रुपमा पहिलादेखि काम गर्दै आईरहेको भन्दै वडा अध्यक्ष पटेलले आफू फेरि पनि जनताहरुको साथमा रहेर गाउँको विकास निर्माणको काममा अघि बढने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पदभार ग्रहण कार्यक्रममा नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि बासुदेव तिवारी, वडा सदस्यमा निर्वाचित सदस्यहरु, वडा सचिवलगायत स्थानीयको पनि सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here